सलिना बनिन् 'मिस नेवा: ११४२'

काठमाडाैं | बैशाख १९, २०७९

सलिना बनिन् 'मिस नेवा: ११४२'

काठमाडौं:    काठमाडौं चःमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को उपाधि जितेकी छिन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जितेकी हुन् ।

 

उपाधि जितेसँगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरिन् । मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले सलिनालाई ताज पहि¥याइदिएकी थिइन् । साथै उनी क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन् । मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के–के गुण हुन जरुरी छ भनेर प्रश्न सोधेका थिए ।

 

जवाफमा महर्जनले नेतृत्व विकासको क्षमता हुनुपर्ने, नेवारी कला संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन् ।

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्

काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

थप पढ्नुहोस्